Logo

काठमाडौंको माछापोखरीबाट बलात्कारको आरोपमा एक युवक पक्राउ

© सर्वाधिकार : ललितपुर खबर

५ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको माछापोखरीबाट बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार ८ वर्षीया किशोरीलाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका १ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्