Logo

धुलिखेल जिपलाइनमा प्रचण्ड (फोटोफिचर)

५ कार्तिक ०७८, धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् ।
पारिवारिक भ्रमणका क्रममा नातिनातिनीसहित धुलिखेल पुगेका उनले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ । काठमाडौंबाट करिब ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो ।

तस्बिरः धुलिखेल जिपलाइन

प्रतिक्रिया दिनुहोस्