Logo

‘नेपाली हस्तकलाको माग विदेशमा धेरै हुन थालेको छ’

रविन्द्र शाक्य हस्तकला महासंघमा उपाध्यक्ष हुन् । यही मंसिर ३,४ र ५ गते बौद्धस्थित हायात होटल परिसरमा महासंघले आयोजना गर्न लागेको १८ औं हस्तकला टे«ड फेयर तथा १६ औं हस्तकला प्रतिश्पर्धाका सन्दर्भमा हामीले मुख्य संयोजक समेत रहेका शाक्यसंग छलफल गरेका छौं ।

अठारौं हस्तकला मेला किन आयोजना गर्न लाग्नु भएको हो ?
कोरोना महामारीले हस्तकलाको बजारलाई पारेको असरलाई हटाउन महासंघ हस्तकलाकर्मीहरुको विकाश बजारमा पहुँच पु¥याउन हामी यो १८ औं हस्तकला मेला बौद्धस्थित होटल हायातमा गर्दैछौं । यो मेलाले नेपाली हस्तकलाको बजार थप विस्तार गर्न सहयोग गर्नेछ । यो मेला यस्ता कोरोना माहामारीबाट अघि बढेकोे अवस्थामा महत्वपूर्ण छ । मेलाले हस्तकलाकर्मीहरुलाई धेरै सकारात्मक उर्जा दिनेछ ।
कोरोनापछि हस्तकलाको पछिल्ला अवस्था कस्तो छ ?

कोरोना माहामारीपछि हस्तकला क्षेत्रमा रहेका सबै क्षेत्रलाई असर गरेको देखिएन । परम्परागत हस्तकलालाई असर गरेको देखियो भने नयाँ हस्तकलामा खासै असर गरेको छैन । हाम्रो तथ्याङ्कले के भन्छ भने धेरै निसाश हुनु पर्दैन । यो बेला वार्षिक रुपमा १० अर्वमा निर्यात भइरहेको हस्तकलाको बजार ७ अर्वमा मात्रै खुम्चियो ।
पछिल्लो समय चार्टड फ्लाइटहरु महँगो हुँदा केही असर देखिएको छ । सबै फ्याइटहरु सुचारु हुँदा यो हटेर जान्छ भन्ने विश्वास छ ।
हस्तकलाको बजार विस्तार गर्न तपाईहरुले अरु के के काम गर्नु भएको छ ?
कलाकारहरुलाई परचय पत्र बाड्ने, करको दायरमा ल्याउने,व्यावसाय दर्ता गर्न लगाउने,निर्यातका लागि एक्जिम कोड लिन लगाउने, भञ्सारमा अनलाइन सिस्टम लागू गराउने काम भएका छन्ं ।
हस्तकलाको बजार विस्तारका लागि स्थानीय स्तरमा हस्तकला मेला भइरहेका छैनन नि किन होला ?
कारोनाका कारण धेरै मेला भइरहेका छैनन् । काठमाडौं लगायत देशभर हामीलाई प्रर्दशनी गर्न ठाँउ नै छैन । हामीले केही दिन अघि भाटभटेनीको पार्किङमा प्रर्दशनी गर्यौ । त्याहाँको प्रर्दशनी राम्रो भयो । यसले हामीलाई सकारात्मक उर्जा दिएको छ । त्यसैले हामी हायातमा प्रर्दशनी गर्न गइरहेका छौं ।
अहिले भृकुटीमण्डपको हलको मर्मतको काम भइरहेको छ । खुला ठाँउमा स्वास्थ्य मापदण्ड अपनाएर हायतमा हस्तकला मेला गर्न लागेका छौं ।
हस्तकलाको आगामी भविश्य कस्तो देख्नु हुन्छ ?
हस्तकलाको राम्रो सम्भावना भनेको विदेश निर्यातको नै हो । दुई तीन बर्षको अन्तरमा संचारमाध्यमहरुबाट हस्तकलाको राम्रो प्रचार भएको छ । म संचार माध्यमहरुलाई विशेष धन्यवाद दिन्छु । नेपाली बजारमा ढाकाको कपडा, सझवटलगायतका धेरै प्रयोग भएको छ । आन्तरिक बजार धेरै नै बढेको छ । सम्भावना भएर नै आन्तरिक बजार चलायमान भएर आएको छ ।
आन्तरिक बजार विस्तार गर्न तपाईहरुले के गरिरहनु भएको छ ?


हामीले धेरै नै काम गरेका छौं । तालिमहरु दिएका छौं । तालिमपछि रोजगारी बढेको छ । हस्तकला महसंघले ती हस्तकलाका सामान बिक्रि गर्न इकला नेपाल डट कम पोर्टल नै निर्माण गरेर हस्तकला सामान बिक्रि सुरु गरेको छ । यसले हस्तकलामा नयाँ पुस्तालाईपनि आर्कर्शित गरेको छ ।
कोरोना कारण हस्तकला व्यावसायी आक्रान्त भएका छन् । अर्थतन्त्रमा असर परेकोछ । सबै निराशातिर गइरहेको अवस्थामा अलिकति चलायमान बनाएर स्तानीय, प्रदेश र केन्द्र सरकारलाई हस्तकला व्यावसायको विषयमा उजागर गरेर प्रर्दशनीमार्फत व्यावसाय विस्तार गर्न खोजेका हौं ।
किन पाँचतारे हायात होटलमा प्रर्दशनी गर्दै हुनुहुन्छ ?
अघिल्ला बर्षहरुमा भृकुटी मण्डपमा हस्तकला प्रर्दशनी गर्दा सरकारी र कुटनीतिक क्षेत्रका सरोकारवालाहरु नआउने अवस्था भयो । त्याहाँको संरचना पार्किङको अवस्था राम्रो नभएको भन्ने लागेर हामी यस पल्ट हायात होटलमा प्रर्दशनी गर्दैछौं ।
उच्च पदस्थ व्यक्ति नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुले हाम्रो हस्तकलाको गुणस्तर र क्षमता हेर्न पाउनु भऐकै छैन । हामीले उहाँहरुलाई हाम्रो क्षमता देखाएपछि आफ्नो देशमा प्रचारप्रसार गर्नुहोला । उचित नीतिहरु ल्याउनु होला र नेपाल सरकारले सहज स्वीकार गर्ला भन्ने लाग्छ । यसबाट हामी धेरै उत्साहित पनि भएका छौं ।
प्रर्दशनी कतिको सहभागी हुने अपेक्षा छ ?

विगतको भृकुटीमण्डपमा हुने प्रर्दशनीमा दुई तीन लाख दर्शकले प्रर्दशनी अवलोकन गरेका थिए । अहिलेको स्वास्थ्य मापदण्डका कारण कोरोना शिथिल नभएको अवस्थालाई हेर्नैपर्छ । कम्तिमा दैनिक २० देखि २५ हजार जनाले प्रर्दशनी हेरे पनि हामी प्रर्दशनी सफल भएको मान्छौं ।
हस्तकलाको चाहे जति विकाश हुन नसक्नुमा समस्या नेपाली हस्तकलामा छ कि सरकारी नीतिमा ?
नेपाल सरकारले १० अरव निर्यात हुने हस्तकलालाई प्राथमिता नै दिएको छैन । कच्चा पदार्थको एकदमै अभाव छ । नीतिगत कुनै व्यवस्था छैन । नीजि क्षेत्रले जे जति कच्चा पदार्थ ल्याउछ त्यसकै भरमा चलेको छ ।
उत्पादनका अवस्थामा हामी एकदमै सक्षम छौं । गुणस्तर सामान बनाएका पनि छौं । बनाउछौं ।
हस्तकला हेनै कुनै सरकारी कार्यालय छैन । हामीले धेरै मेहनत गरेर देशभरका सबै संस्थाहरुलाई जम्मा गरेर हामीले हस्तकला नीति बनाएर सरकारलाई बुझाएको आज आठ दश वर्ष भइसक्यो ।
हस्तकला हेर्ने मन्त्रालय, विभाग केही पनि नहुँदा हाम्रो बारे बुझने हाम्रो समस्या सुन्ने कोही छैन । हाम्रो समस्या हेर्न एउटा सरकारी निकाय खडा गरिदिनु जरुरी छ । सम्भव भए मन्त्रालय नभए विभाग खडा गर्नु जरुरी छ । हामीले सरकारी निकयलाई अस्थिर सरकार र सरकारी निकायका कारण हामीले बुझाए पनि सरुवा भएर जाँदा हाम्रो समस्या अलपत्र परेको छ

नेपाली हस्तकलाको माग बजारमा कति छ?
मागको हिसावमा धेरै नै छ । आन्तरिक बजार स्थिर नै छ । चाड पर्व आउदा खपत हुने हरेक वर्ष नियमित छ ।
हस्तकलाको विदेशी माग चाँही धेरै नै छ । टेक्टाइट प्रडक्टहरु विदेशमा धेरै तीन गुणसम्म माग बढेर आएको छ । चीनमा धातुकला मूर्तिकलाको माग धेरै छ ।
हाम्रो समस्या कहाँ छ भने सामान विदेश पठाउन चार्टड फ्लाइट धेरै महँगो छ । भएको सामान नै पठाउन नसक्दा अर्को सामान कसरी बनाउने ?
त्यसैले हामीले मेलाको नारा हस्तकलाः समृद्धिका सम्भावना बनाएका छौं । यसमा सम्भावना छ । रोजगारी श्रृजना गर्न सकिन्छ । आत्म निर्भर हुन सकिन्छ । स्थानीय साधन श्रोत प्रयोग गरेर समृद्धि ल्याउन सकिन्छ ।


हस्तकलाको बजार विस्तार गर्न सरकारले के के गर्न सक्छ ?
धेरै कुरा गर्न सक्छ । सरकारले बार्षिक ४ अरवको बार्षिक पुरस्कार र उपहार दिन्छ भन्ने तथ्याङ्क छ । यसलाई नेपाली हस्तकलाको सामान प्रयोग गर्न सकिन्छ । त्यसलाई रुपान्तरण गरेर नेपाली हस्तकलाको सामान किन प्रयोग नगर्ने?
नेपाली व्युरोक्राट्मा रहेको चार पाँच लाख कर्मचारीलाई सबैलाई एउटा कोट नेपाली लगाउने व्यवस्था गरौं न । परिचय पत्र झुण्ड्याउने ढाकाको कपडा लगाईदिउ न । चाइनिज निको कपडा लगाउनु भन्दा । त्यो पैसा त विदेशमा गयो । पिविसी कार्डमा परिचय पत्र छाप्नु भन्दा नेपाली कागज प्रयोग गरौं न । यो पनि त आन्तरिक बजार बढाउने उपाय हो नि त ।
नेपाली हस्तकला यसरी बजारमा प्रयोग गर्न प्रतिश्पर्धी मूल्यमा दिन सकिन्छ त ?
प्रतिश्पर्धी निश्चित नै छ । खपत धेरै भएन भने सबै चीज महगो हुने हो । हाम्रै सामान चीनमा लगेर दशौं गुणा सामान बनाएर हाम्रो भन्दा सस्तो बेचिरहेका छन् ।
हामी सबै नेपालीले नेपाली सामान प्रयोग गर्ने नीति बनाउने हो भने हामी पनि खपत बढाएर प्रतिपर्शी मूल्यमा दिन सक्छौं विदेशमा पनि प्रतिश्पर्धा गर्न सक्छौं ।
विदेशमा हस्तकलाका सामान बनाउन मेसिन प्रयोग भइसके कतिपय त नेपालमा पनि मेसिन ले बुट्टा काट्ने चलन आइ नै सक्यो यसले नेपाली हस्तकलाका सामान विस्तापित हुँदैन ?
यसले हामीलाई असर गर्दैन । हामी के कुरामा गर्व गछौं हामी गुणस्तरिय सामान प्रयोग गछौं । मेसिनले बनाएको सामान हेर्दा आर्कशक छ तर गुणस्तर छैन । युरोप अमेरिकामा धनि मान्छेहरु छन् । उनीहरु गुणस्तरिय सामान मन पराउछन् । हाम्रै सामान किन्छन् । मेसिनले लाखौं संख्यामा सामान बन्छन् । हामी हजारको संख्यामा मात्रै सामान बनाउछौं । गुणस्तरिय सामान थोरै हुन्छ महँगो हुन्छ । यनीहरु कागजलाई काठजस्तो बनाएर पठाउछन् । त्यो घाम पानीले विग्रन्छ । तर नेपानी सामान सही हुन्छ । काठ भने काठै हुन्छ घातु भने धातु नै हुन्छ ।

हस्तकलाका सामान विदेशमा निर्यात गर्न महसंघले के काम गरेको छ ?
धेरै काम गरेका छौं । अनलाइन पोर्टल बनाउने,मार्केटिङ तालिम दिने, डायरेक्ट्री बनाउने, डिजिटल प्रचारलाई ध्यान दिएका छौं ।

नेपाली सामानको आफ्नै ट्रेडमार्क छैन त्यसैले विश्व बजारमा गुणस्तर मापन हुने चिनिने र प्रतिश्पर्धा गर्न गाह्रो छ भनिन्छ नि ?
०७८ सालको मौद्रिक नीतिमा एककृत टे«डमार्कमा जाने कुरा आएको छ । व्यक्तिगत रुपमा टे«डमार्कमा जान नसके पनि सामुहिक रुपमा जान पनि त सकिन्छ नि । हामीले यसलाई एउटा अवसरका रुपमा लिएका छौं । मंसिरसम्म टे«डमार्कमा जान सकियो भने राम्रो हुन्छ । डकुमेन्ट बनाउन सुरु भइसकेको छ ।
तर समस्या नीतिमा छ । प्याकेजिङ र लेभलिङमा समस्या छ । लाखौं पर्ने हस्तकलाको सामान सामसुङ टिभिको वाकसमा प्याक गरेर पठाइरहेका छौं । लेभलिङ र प्याकेजिङ कसले गर्ने ? यो सबै नीत नभएर भइरहेको छ ।
भोलि विदेशी कम्पनीले हाम्रो सामान कपी गरे हामीले दावी गर्न सक्छौं । टे«डमार्क हुर्दा हामी अन्तराष्ट्रिय संस्था वाइपामा आफै रजिष्टर हुन्छौं । त्यसमार्फत कपीराइटको मुद्दामा लड्न सक्छौं ।
यो सबै काम नीजि क्षेत्रले गर्न सक्दैन र सरकारसँग मिलेर गर्नुपर्छ । तर सरकारलाई हामीले बुझाउन सकेका छैनौं । बुझाए पनि सरकारी निकायमा बस्नेहरु सरुवा भएर जाँदा काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्