Logo

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा खड्का

 

७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्काले १ सय ५० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १ सय ४० मत प्राप्त गरेका थिए ।
यस्तै, सचिवमा रजनी थापा (१ सय ६७), पञ्चकुमारी श्रेष्ठ (१ सय ७७), सहसचिवमा राजु भण्डारी (१ सय ६८) र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी भएको कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ मा ३ सय २८ मतदाता रहेकोमा ३ सय २१ मत खसेको थियो । क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताएका छन् । यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्