Logo

दाङमा पत्रकारले जिते काँग्रेसको निर्वाचन


८ मंसिर ०७८, दाङ । पत्रकार महासंघ दाङका सचिव आरके सितलले जिल्लाको नेपाली काँग्रेस क्षेत्र नं. ३ को सचिव पद जितेका छन् । महासंघको विधानमा पत्रकारले राजनीतिक पार्टीको निर्वाचन लड्नु नपाउने नियम छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्कासँगै उनी विजयी भएका हुन् । संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धी चित्रबहादुर डाँगी ’निर्मल’लाई १ सय मतअन्तरले पराजित गरेका हुन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् ।
खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगीले २ सय ६६ मत प्राप्त गरे । बुधबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सचिवमा खड्का प्यानलकै अर्का सचिव डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३ सय २१ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । पाण्डे घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष हुन् ।

दाङको २ मा कुल ६ सय ५१ मतदातामध्ये ६ सय ४२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्