Logo

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी

९ मंसिर ०७८,  सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ प्रदेश सभा ‘क’ मा केशवराज गिरी सभापतिमा विजयी भएका छन् ।

प्रदेशसभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे । उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन् । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।

सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमशस् छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुन्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्