Logo

कांग्रेस ललिपुरको सपथ तथा पदभार हस्तान्तरण

 

१४ मंसिर ०७८, ललितपुर ।  नेपाली कांग्रेस ललितपुरका सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नवनियुक्त पदाधिकारीलाई मंगलबार सपथ तथा पदभार हस्तान्तरण गरिएको हो ।ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आइतबार भएको मत गणनामा जितेन्द्रकुमार श्रेष्ठ सभापतिमा विजयी भएका थिए ।

श्रेष्ठले १२ मतले रामकृष्ण चित्रकारलाई पछि पार्दै ६६५ मत ल्याएर श्रेष्ठले सभापति पदमा जित हासिल गरेका हुन् ।
ललितपुर काँग्रेसको त्रिपक्षिय प्रतिश्पर्धाका कारण शनिबार पनि निर्वाचन गरिएको थियो । निर्वाचनपछि मत गणनाको क्रममा सबैभन्दा थोरै ३ सय ३६ मल ल्याएका सभापतिका दावेदार मीनकृष्ण महर्जन सभापतिको दावीबाट बाहिरिएका थिए ।
सभापतिका दावेदार रामकृष्ण चित्रकारले शनिबार को निर्वाचनका क्रममा ५ सय ४ ल्याएका थिए भने अर्को प्रतिश्पर्धी जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्