Logo

ललितपुरको ठेचोमा मोटरसाइकल दुर्घटना, एक युवा गम्भिर घाइते

तस्विर सौजन्य : नन्दश्याम महर्जन न्यू पूर्णिमा फोटो स्टुडियो

ललितपुर खबर
१४ मंसिर ०७८, ठेचो । ललितपुरको ठेचोमा आज मंगलबार साँझ मोटरसाइकल दुर्घटना भएको छ । चापागाँउबाट सातदोबाटो तर्फ गइरहेको बा.९४ प.३७२८ नम्बरको मोटरसाइकल सातदोबाटोबाट बज्रबाराही चल्ने बा.१ ज.८४९० नम्बरको माइक्रोबसमा ठक्कर खाँदा नाम थर वतन नखुलेको एक युवक गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार निरज बोल्न सक्ने अवस्थामा छन् । उनको सिटीस्क्यानको तयारी भइरहेको छ । उनको परिवार यो समाचार तयार पार्दासम्म सम्पर्कमा आएका छैनन ।
एक स्थानीय महिलाका अनुसार मोटरसाइकल दुर्घटना हुदा ठूलो आवाज आएको थियो । उनले भनिन्, बाहिर आएर हेर्दा मोटरसाइकलबाट डलेका युवा सडकमा थिए ।
मोटरसाइकल चालकको टाउको माइक्रोबसमा ठक्कर खाँदा टाउको फुटेको एक प्रत्यक्षदर्शीले बताए । उनलाई सोही माइक्रो बसका चालकले एम्बुलेन्स बोलाएर पाटन अस्पताल लगेका थिए ।
दुर्घटनास्थलमा रगतको बगेको देख्न सकिन्थ्यो । हेलमेट फुलेको छ भने. उनको एउटा जुत्ता दुर्घटना भएकै स्थानमा फ्याकिएको अवस्थामा थियो । मोटरसाइकलको अगाडिको भाग पुरै फुटेको छ । माइक्रोबसको अगाडिको सिसा फुटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्