Logo

ललितपुरकी चर्चित गायिका सुजाताको गीतमा देखिए पल र केकी


१४,मंसिर ०७८, काठमाडौं । ललितपुरकी चर्चित गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियोमा केकी अधिकारी रपल शाह देखिएका छन् । केसीले आलै सार्वजनिक गरेको यो नयाँ गीतमा रमेश परियारको शब्द तथा संगीतको साथमा सुजाता र अलिफ खानको स्वर छ ।
अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सुजाताले सुजाता केसि अफिसियल युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरेकी हुन् ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो ।
गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् । यी गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।
‘भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनले भनिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’ यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
उनी राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला कार्यसमिति सह–सचिव समेत हुन ्।

प्रतिक्रिया दिनुहोस्