Logo

दक्षिणकालीबाट किशोरीलाई बलात्कार आरोपमा युवकहरु पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

१४ मंसिर ०७८, काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट बलात्कारको आरोपमा ३ जना युवकहरु प्क्राउ परेका छन् । प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा दक्षिणकाली नगरपालिका ६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका १ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका ६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको सम्ँबन्धमा प्रहरीले अनुसान्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्