Logo

भक्तपुर प्रेस चौतारीमा ढकाल सर्वसम्मत

३० पुस ०७८, भक्तपुर । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन भएका छन्। बिहीबार भक्तपुरमा आयोजित चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।
शाखाको उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिव आशिष पौडेल, सहसचिव राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्ष नारायण थापा सर्वसम्मत भएका छन् ।
कार्यसमिती सदस्यहरुमा देबेन्द्र प्रजापति, सविना केसी, प्रतिकराज कार्की, सिर्जना खतिवडा रहेका छन् भने दुई सदस्यपछि थप हुने नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्