Logo

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण   

३० पुस ०७८, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्