Logo

भक्तपुर वालकोटको जुवा अखडाबाट ७ जना पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

३० पुस ०७८, भक्तपुर । भक्तपुर वालकोटस्थित एक जुवा अखडाबाट ताख खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ३ बालकोट महेन्द्र शान्तीचोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्