Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

६ माघ ०७८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा गरिएको प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्