Logo

काठमाडौँमा तीन जना मृत फेला

८ माघ ०७८, काठमाडौं । काठमाडौँका विभिन्न ठाँउमा शुक्रबार तीन व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका १९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ १९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्