Logo

बनेपामा टाटा माेटर्सकाे नयाँ शोरुम

९ फागुन ०७८, बनेपा । काभ्रेको बनेपामा टाटा मोटर्सको नयाँ शोरूम सञ्चालनमा आएको छ । टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बनेपामा नयाँ शाेरुमकाे विस्तार गरेकाे हाे । टाटाले प्यासेन्जर कार बिक्रीका लागि लक्ष्मी अटो ग्रुपलाई यस क्षेत्रको डिलरका रुपमा नियुक्त गरेकाे छ ।

बनेपामा आउटलेट खुलेसँगै देशभर टाटा मोटर्सको १९ वटा आउटलेट पुगेकाे छ ।

सिप्रदीका प्यासेन्जर कार विजनेश युनिट प्रमुख शावन्तजङ्ग सिजापतिले लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

यस्तै लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा आफूले निकै गर्व महसुस गरेकाे बताए ।

बनेपाको यो नयाँ आउटलेटबाट यस क्षेत्र आसपासका उपभोक्ताहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्