Logo

कोटेश्वरबाट मोटरसाइकल चोरीको आरोपमा युवक पक्राउ


८ फागुन ०७८, काठमाडौं । कोटेश्वरबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाईप्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २१ वर्षीय पुल्कित ठकुरीलाई तीन थान मोटरसाइकल चोरी गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ नरेफाँटस्थित सडकमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले ठकुरीले चलाई ल्याएको बा.९२ प ३८ लेखिएको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवारी साधनको आवश्यक कागजपत्रहरु माग गर्दा सम्बन्धित कागजपत्रहरु दिन नमानेकाले शंका लागि मोटरसाइकलको निरीक्षण गर्दा अगाडि तथा पछाडीको नम्बर प्लेटमा टेपले अंक छोपिएको पाइएपछि थप सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल ललितपुर मङ्गलबजारबाट चोरी गरेको खुल्न आएको थियो ।
थप अनुसन्धानको क्रममा उनले बिभिन्न मितिमा कोटेश्वर इलाक समेतबाट चोरी गरी ल्याएका थप २ थान मोटरसाइकलहरु काठमाडौं महानगरपालिका–३२ नरेफाँट कोरिडोरस्थित खाली जग्गामा रहेको फोहोर फाल्ने थुप्रो नजिक लुकाई राखेको अवस्थामा फेला पारी प्रहरीले
बरामद गरेको हो ।
उनीउपर चोरी गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्