पुरानो बानेश्वरबाट ३६ चिनियाँ नागरिक पक्राउ

१० फागुन ०७८, काठमाडौं । पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अवैध कल बाइपासको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेकाहरबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।