Logo

भक्तपुरको बोडेमा गाडीका पार्टपुर्जा चोरी

११ फागुन ०७८, ललितपुर । भक्तपुरको बोडेमा चोरी भएको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराही नयाँबस्तीस्थित चौरमा पार्किङ गरी राखेको बा.५ ख ७६४६ नम्बरको बस, बा.५ ख ७६५२ नम्बरको बस, बा.३ ख ८१९७ नम्बरको टिपर र बा.४ ख २८१८ नम्बरको टिपरका करिब १ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न पार्टपूर्जाहरू गएराति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्