Logo

काठमाडौंको मनहरामा सुन पसल फोरेर चोरी


१० फागुन ०७८, काठमाडौं । काठमाडौंको मनहरा नजिकै चोरी भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ गान्धी चोकनजिक घरमा भारतकोलकता घर भएका ३९ वर्षीय राजु बेराको सुनचाँदी पसलबाट ढोकाको ताल्चा फुटाएर करिब १८ तोला बराबरका गहनाहरू र नगद १० हजार रुपैयाँ गएराति चोरी भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धानसँगै चोरीमा संलग्नहरुको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्