Logo

काठमाडौंको बलम्बुमा वालक मृत फेला


११ फागुन ०७८, काठमाडौं । काठमाडौंको बलम्बुमा एक बालक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १२ बलम्बुस्थित नयाय खोलामा यसै नगरपालिका सानो मन्दिरस्थित डेरा गरी बस्ने उदयपुर ताक्ली गाउँपालिका ४ घर भएका १४ वर्षीय अनिष राउत मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ६ गिदाने बस्ने ४० वर्षीय राम काजी थापा घरबाट करिब २ सय मिटर टाढा भिरमुनि मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्