Logo

बिहीबारको संसद् बैठकमा एमसिसीमाथि छलफल हुँदै


११ फागुन ०७८, काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेश गर्नुहुने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्