Logo

कारमा रहस्यमय रुपमा मृत भेटिएका थिए कलाकार जयनन्द लामा


११ फागुन ०७८, काठमाडौं । चर्चित कलामार तथा लोक गायक जयनन्द लामा कारमा रहस्यमय रुपमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकार।ी दिएको छ । प्रहरीका अनुसार भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने ६६ वर्षीय जयनन्द लामा मृत अवस्थामा फेला परेका हुन् ।
उनी मिटिङमा सहभागी हुन मंगलबार साँझ काठमाडौं बौद्ध गएकोमा बुधबार बिहान आफ्नै घर अगाडि बा.३ च ७७४१ नम्बरको कारमा खुट्टा गाडीमै र शरीर भुइँमा रहेको मृत अवस्थामा फेला परेका थिए । घटनाको सम्बन्धमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्