Logo

नायक पल शाह भन्छन्, ‘दोषी भए सजाय भोग्न तयार छु’

१२ फागुन ०७८, काठमाडौं । नयक पल शाहले आफू दोषिभ ए नेपालको कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफूमाथि षड्यन्त्र भएको समेत बताएको छन् ।
उनले समिक्षा अधिकारीलाई अघि सारेर नियोजित ढङ्गलेसाथी दुर्गेश थापा, ठुल्दाई सरोज ओलि,भाई कृष्ण जोशी,सम्राट चौलागाई ले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।’
केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीले सुन्न नसकिने खालको कुराहरु गरेको सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको उनले बताएका छन् ।
अडियो क्लिपमा भनिए अनुसार ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो’ , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो । घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो‘ लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत भएको उनको भनाई छ । उनले अडियो क्लिप सार्वजनिक गर्दै के ठिक र के बेठिक भएको भगवानरुपी दर्शक, मिडियाकर्मी भन्दै औंलाई दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्