Logo

ललितपुरमा मतदाताको संख्या २ लाख


१३ फागुन ०७८, ललितपुर । ललितपुरमा २ लाखभन्दा बढी मतदाता रहेको तथ्याङ्क सार्वजनिक भएको छ । विहीबार ललितपुरमा आयोजित मतदाता नामावली अद्यावधिक अन्र्तक्रिया कार्यक्रममा निर्वाचन आयोगकी ललितपुर प्रमुख गोमा धमलाले ललितपुरमा गत माघ २४ गतेसम्म २ लाख ९ हजार १५ जना मतदाता रहेको तथ्याङ्क सार्वजनिक गरिन् ।
ल्लितपुर प्रमुख धमलाका अनुसार ललितपुरमा पुरुषभन्दा ४ हजार ७ सय २३ जना बढी महिला मतदाता रहेका छन् । ललितपुरका १ लाख २६ हजार ९सय ८७ महिला मतदाता छन् भने पुरुष मतदाताकोसंख्या १ लाख २२ हजार २ सय ६४ मात्रै रहेको छ । यहाँ २ जना तेश्रो लिंगी मतदाता छन् ।
यो मतदाता संख्या अद्यावधिक हुनु अघिको हो । आसन्न निर्वाचनका लागि आयोगले मतदाताको अन्तिम नामावलीप्रकाशन गरेको छैन । आयोगले यही फागुन १९ गतेदेखि २६ गतेसम्म दावी विरोधको प्रकृया सुरु गर्दैछ । आयोगका अनुसार यही चैत्र ५ गते अन्तिम नावाली प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्