Logo

काठमाडौंको बुढानिलकण्ठबाट चोरीका सामान सहित एकजना पक्राउ

स्केज: कोपिला दुलालललितपुर खबर

१३ फागुन ०७८, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट चोरीका सामान सहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका ६ इटालिचोकस्थित सुर्वण काजि श्रेष्ठको घरबाट चोरी भएको वर्ल्ड लिंकमा प्रयोग हुने राउटर ६ थान र एभि केवल ३ थान सहित सोही नगरपालिका ४ पासिकोट बस्ने सिन्धुली घुर्मि गाउँपालिका ४ घर भएका २८ वर्षीय युवराज तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठको घरमा गत फागुन ६ गते वर्ल्ड लिंकका कर्मचारीले इन्ट्रानेट सम्बन्धी काम गर्दै गरेको अवस्थामा उक्त राउटर र केवल सहितको झोला चोरी भएको घटनाको अनुसन्धानको क्रममा बुढानिलकण्ठ नगरपालिका ७ गणेश चोकस्थित ह्याप्पी कोलोनीभित्र युवराजलाई उक्त चोरी भएको सामान बिक्री गर्ने उद्देश्यले बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीउपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाडौं म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्