Logo

रुसी हमलामा १३७ युक्रेनी मारिए


एजेन्सी । युक्रेनमाथि रुसी फौजले गरेको हमलामा १ सय ३७ जनाको मृत्यु भएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको हो । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्