Logo

राजधानीमा नेतृत्व बिकास तालिम


१४ फागुन ०७८, काठमाडौं । परिवर्तनका लागि सहकार्य नेपालले ब्रेड फर द वल्र्डको आर्थिक सहयोगमा संचालित समाजमा शान्ति र विकासका लागि महिला तथा किशोरीहरुको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत गठन गरिएका महिला मानबअधिकार रक्षक सञ्जालका सदस्यहरु र अधिकारमूखी अभियानमा संलग्न अगुवा महिला अधिकारकर्मीहरुको सक्रिय सहभागितामा यही फाल्गुण गत सोमबार र मंगलबार काठमाण्डौंको कीर्तिपुर र ललितपुर महालक्ष्मीमा र बुधबार रविहीबार ललितपुर गोदावरी र ललितपुर महानगरमा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।

तलिममा जम्मा ८० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको सहजिकरण राज बहादुर गिरी र पद्मा शाक्यले गरेका थिए ।
महिला र किशोरीहरुको सवाल सम्वोधन र उनीहरुमाथि हुने हिंसा र विभेद रोकथामका लागि महिला नेताहरुले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाका बारेमा तालिमले विशेष महत्व दिएको थियो । समाजमा महिला अधिकारको अभियानलाई बलियो बनाई महिला अधिकार सुनिश्चितताका लागि महिला नेताहरु समाजमा कसरी एक सफल नेताको रुपमा स्थापित भएर अघि बढ्ने भन्ने विषयबस्तुमा केन्द्रित रहेर तालिमका विषयवस्तुमाथि छलफल चलाइएको थियो ।
स्थानीय तहमा गठन गरिएका महिला मानवअधिकार रक्षक सञ्जालको नेतृत्वलाई प्रभावकारी र उद्देश्यमुखी बनाउने तर्फ नेतृत्व विकास तालिम उपलव्धीमूलक हुने अपेक्षा परिवर्तनका लागि सहकार्य नेपालले राखेको छ ।
सो अनुरुप तालिममा सहभागी महिलाहरुले समाजमा विद्यमान लैङ्गिक हिंसा र विभेद विरुघद्ध निरन्तर रुपमा नेतृत्व प्रदान गर्ने प्रतिवद्दता पनि जाहेर गरेका छन् । जसले समतामूलक, न्यायिक र शान्तिपूर्ण समाज निर्माण गर्न योगदान पु¥याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्