Logo

बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा 


१४ फागुन ०७८, काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुनः एक पटक छलफलमा जुटेका छन् ।
कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्