Logo

आज पाटनमा विद्युत अवरुद्ध


१५ फागुन ०७८,ललितपुर । आज ललितपुरको पाटन क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण ललितपुरका अनुसार ललितपुर जोड्ने बानेश्वर विद्युत् लाइनमा आइसोलेटर जडान गर्नका लागि विहान साडे ९ बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ ।
बानेश्वर सव स्टेशनमा जम्पर खोल्नका लागि काम हुने विद्युत् प्राधिकरणको भनाई छ । समयावधि अघि नै काम सकिए चाडैविद्युत सुचारु हुनेसमेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्