Logo

शेषमती र स्वयम्भूमा २ जना मृत फेला


१६ फागुन ०७८, काठमाडौं । काठमाडौं शेषमती पुल नजिक गाडीमा र स्वयम्भूस्थित कारखाना चोकमा रहेको डेरामा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं तारकेश्वर नगरपालिका ४ शेषमती पुल नजिक सडक छेउमा बा.५ ख ३३५२ नम्बरको गाडीको सह चालक नुवाकोट ताँदी गाउँपालिका ६ घर भएका २४ वर्षीय लक्ष्मण तामाङ गाडीभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखाना चोकस्थित डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–९ घर भएका ४० वर्षीय कुमार तामाङ सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्