Logo

मकवानपुरको राहुलडाँडामा आगलागी

 

प्रतिकात्मक तस्बिर

१६ फागुन ०७८, मकवानपुर । मकवानपुरको राहुलडाँडामा सोलारको तार सर्ट भएर एक घरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका ४ राहुलडाँडा बस्ने तिलक बहादुर मोक्तानको घरमा सोलारको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर र घरमा रहेको सरसामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्