Logo

बनेपामा सुख्खा पहिरोमा पुरिए ६ वटा गाडी, पुरिए ३ जना घाइते


१५ फागुन ०७८, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका १४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा २ वटा स्काईभेटर, ३ वटा टिपर र १ वटा निशान गाडी पुरीएका छन् भने ३ जना घाइते भएका छन् ।
प्र्रहरीका हनुसार पहिरोमा पुरिएको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।
पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्