Logo

काठमाडौंमा बन्दको प्रभाव : तीनवटा गाडीमा क्षति, १३ जना पक्राउ

१५ फागुन ०७८, काठमाडौं । काठमाडौंमा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा बन्द गराउने तथा सवारीसाधनमा तोडफोड गर्ने १३ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो।
बानेश्वर, सुन्धारा र चाबहिललगायत स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बन्दकर्ताले दूध बोक्ने गाडी र दुईवटा बसमा क्षति पुर्याएका छन् ।
चाबहिलमा दूध बोक्ने गाडीमा ढुंगा हानेका हुन् भने सुन्धारा र स्वयम्भूमा दुईवटा गाडीमा सामान्य क्षति पुर्याएका छन् ।
यता नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको मुख्य गेटअगाडि सडकमा बमजस्तो प्रेसरकुकर फेला परेको छ । बमजस्तो प्रेसरकुकर नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्