Logo

भक्तपुरबाट मोटरसाइकल चोरेर बेच्ने युवक पक्राउ

१७ फागुन ०७८, भक्तपुर । प्रहरीले भक्तपुरबाट मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
रामेछाप घर भई काभ्रेको बनेपा १३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो ।
परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्