Logo

धनलक्ष्मीले आकाशमै जन्माइन छोरा   

१७ फागुन ०७८, कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उहाँले छोरा जन्माउनु भएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले बताए ।
उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,” उनले भने, “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्