Logo

गोदावरी नेवा दवुमा डंगोल चयन


ललितपुर खबर
१८ फागुन ०७८, ललितपुर । नेवा दय् दवु गोदावरी कमिटीमा राम डंगोल चयन भएका छन् ।
ललितपुरको ठेचोस्थित नेवा स्कूलमा मंगलबारबार सम्पन्न नेवाः दय दवुको पहिलो अधिवेशनमा बरिष्ठ उपाध्यक्ष मदन श्रेष्ठ, महिला उपाध्यक्ष शान्ति महर्जन,नजरमान महर्जन,ज्ञानेन्द्र महर्जन,कोषाध्यक्ष सरिता देशार चयन भएका हुन् ।
केही समयअघि डंगोलकै संयोजकत्वमा तर्दथ समिती बनाइएको थियो ।
गोदावरी नगरमा साँस्कृतिक सम्पदाको जगेर्ना, नेपाल भाषाको प्रवद्र्धनलगायतका सामाजिक क्षेत्रमा अघि बढ्न यो समिटी निर्माण भएकोअध्यक्ष डंगोलले ललितपुर खबरलाई बताए उनले भने, ‘ज्यापु समाज ताम्रकार समाजजस्ता नेवारी समुदायभित्र अन्न संस्था त छन् । हामीले गठन गरेको यो कमिटीले समग्र नेवारी समुदायको हितका लागि काम गर्छ ।’

प्रतिक्रिया दिनुहोस्