Logo

सिफलमा ६० जनाले गरे रक्तदान

१८ फागुन ०७८, काठमाडौं । काठमाडौँको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन् ।

नेकपा एमालेका नेता एवम् विदेश विभाग प्रमुख राजन भट्टराईको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

शिवरात्रिको अवसरमा सिफलमा म‌ंगलबार भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जनाए ।

वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्