Logo

भैसेपाटीमा आगलागी ५ वटा मोटरसाइकल र मेसिन जलेर नष्ट

फाइल तस्बिर

२१ फागुन ०७८, ललितपुर । ललितपुरको भैसैपाटीमा आगलागी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ भैसेपाटी नयाँ बजारस्थित राजेश चौधारीको मोटरसाइकल वर्कशपमा करेन्ट सर्ट आगलागी भएको हो ।
बिहीबार बेलुकी आगलागी हुँदा ५ वटा मोटरसाइकल, २ वटा वास मेसिन, २ वटा कम्प्रेशर मेशिन लगायत जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्