Logo

सिन्धुपाल्चोकमा जोसिसी दुर्घटनापछि चालकको मृत्यु


२१ फागुन ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जेसिवि दुर्घटनामा एक चालकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको चौतारा सागाँचोक गढी नगरपालिका १२ खहरे केराबारीछापस्थित सडकमा बा.२ क ६६१८ नम्बरको जेसिबि सडक भासिएर करिब १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जेसिबिका सह–चालक महोत्तरी बर्दिबास नगरपालिका ६ बस्ने १८ वर्षीय रोहित आले मगरको घटनास्थलमै मृत्यु भएको छ ।
जेसिबिका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्