Logo

ललितपुर ज्वागल बस्ने शेरचन हातहतियारसहित पक्राउ

२१ फागुन ०७८, ललितपुर । ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ-एम्फेटामाईन (आईस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१० चाकुपाटमा खटिएको प्रहरीले बा.८५ प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेरचनलाई ३ ग्राम अवैध लागूऔषध आईस जस्तो देखिने सेतो पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागूऔषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।

उनीउपर जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको छ ।

प्रतिक्रिया दिनुहोस्