Logo

बनेपामा ट्रकभित्र आगलागी

प्रतिकात्मक तस्बिर

२१ फागुन ०७८, काठमाडौं । काभ्रेको बनेपामा एक ट्रकमा एक्कासी आगलागी भएको छ ।
प्रहरीका अनुसार बनेपा नगरपालिका ८ बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख ७४१८ नम्बरको ट्रकमा पछाडिको डिब्बाभित्र रहेको काठ र खालि कार्टुनमा आगलागी भएको हो ।
शनिबार बिहान आगलागी हुदाँ गाडीको पछाडिको भाग, काठ र कार्टुन जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्