Logo

ललितपुरको लेलेमा १३ बर्षिया वालिकाको बलत्कार,एक युवक पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

२२ फागुन ०७८,ललितपुर । ललितपुरको लेलेमा एक वालिका बलत्कारमा परेकीे छिन् । महानगरिय प्रहरी बृत्त चापागाँउमा अनुसार गोदावरी नगरपालिका ५ लेलेस्थित १३ वर्षीया बालिकालाई बलात्कारको (जबरजस्ती करणी) को अभियोगमा गोदावरी नगरपालिका ५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका १ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वालिकाको स्वास्थ्य परिक्षणपछि घर फर्किएकी छिन् । उनको स्वास्थ्य रिर्पोट भने आइसकेको छैन ।
खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका ५ लेलेस्थित तरकारी खेती गरेको टनेलामा लगि बिहीबार जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आरोपित खड्कालाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको चापागाँउ प्रहरीले जानकारी दिएको छ । उनलाई महानगरिय बृत्त चापागाँउमै राखिएको छ ।

९८५१२९७७९२

९८५१२८३०११
०१५५७४५११
टेकबहादुर कार्की

प्रतिक्रिया दिनुहोस्