Logo

सुनकोशीबाट हराएकी महिला मृत फेला


२२ फागुन ०७८, सिन्धुपाल्चोक । को सुनकोशी ६ भालुखोपबाट हराइरहेकी बिष्णुमाया कार्की मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ भालुखोप बस्ने ७८ वर्षीया बिष्णु माया कार्की घरदेखि नजिक रहेको फेलानचौरको भिरमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
गतफागुन १७ गते बिहान यसै गाउँपालिका ६ थुम्पाखरस्थित छोरीको घरमा जान्छु भनि हिडेकी उनी छोरीको घरमा नआएपछी खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्