Logo

दमौलीमा भीषण आगलागी, हेलिकप्टरबाट आगो निभाउने प्रयास, धेरै घरहरुमा क्षति

२२ फागुन ०७८, तनहुँ । तनहुँको व्यास नगरपालिका ४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरह पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । अहिले हेलिकप्टरबाट आगो निभाउने प्रयास गइरहेको छ । आगलागीबाट धेरै घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्