Logo

काठमाडौंको शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिसं ७ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा सहभागीसँग आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्मालगायत । तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय\ रासस

२२ फागुन ०७८, शिवपुरी । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् ।
राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तालिम शुभारम्भ गर्दै रक्षा सचिव शर्माले राष्ट्रिय रणनीतिक योजना र नीति तर्जुमा गरी कार्यान्वयन गर्न गैरसैनिक एवं सुरक्षासँग सम्बन्धित निकायबीचको समझदारी अभिवृद्धि गर्न तालिमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले तालिमको महत्वबारे जानकारी दिएकी थिइन् । आगामी चैत ११ गतेसम्म सञ्चालन हुने तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय, नेपाल रेडक्रसका वरिष्ठ अधिकारी र सञ्चारकर्मीसहित २७ जना सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्