Logo

‘मध्यपुर ठिमी नगरपालिकाको कायापलट : मदनसुन्दर श्रेष्ठ

मदनसुन्दर श्रेष्ठ मध्यपुर ठिमी नगरपालिकाका मेयर हुन् । काठमाडौं शहर र काँठको बीचमा रहेको मध्यपुर ठिमी नगरपालिका विकाशको हिसावले केही पछाडि नै परेको ठाँउ हो । नेवारी बस्तीको बाहुल्य रहेको मध्यपुर ठिमीको विकाश प्रयास र स्थानीय राजनीतिक परिस्थितीका सन्दर्भमा मेयर श्रेष्ठसँग गरिएको संवादको सम्पादिन अंश :
मध्यपुर नगरपालिकामा तपाई मेयर निर्वाचित भएर आएपछि के परिवर्तन गर्नुभयो ?
२०७४ सालदेखि अहिले २०७८ सालसम्म आइपुग्दा मध्यपुर ठिमी नगरपालिकाको कायापलट हुने अवस्थामा ल्याउने कोशिश गरेका छौं । यस नगरपालिकालाई अहिले सास्कृतिक सम्पदाहरुको जगेर्ना र रुपान्तरण भएको नगरपालिकाको रुपमा चिनिन्छ । हामीले यति धेरै मुर्त र अमुर्त कला र साँस्कृतिक सम्पदाहरुको संरक्षणको क्षेत्रमा काम गरेका छौं कि अव यहाँ काम गर्न बाँकी नै छैन भन्ने अवस्थामा पुगेका छौं ।
हामीले साँस्कृतिक सम्पदा पुर्ननिर्माणको क्रममा ४५ वटा मन्दिर पुर्ननिर्माण ग¥यौं । ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुंगेधारा पुर्ननिर्माण भइसकेका छन् । धेरै टोलका बाटाघाटामा बाक्लो ढुंगा राखेर निर्माण गरिएको छ ।हाम्रो राम्रो काम देखेर युएन ह्याविटाटको एशियन प्यासिफिकले एशियन टाउन स्केप २०२० अवार्डले पुरस्कृत नै छ ।
पुर्वाधारको क्षेत्रमा जग्गा एकीकरण आयोजनामा हामीले नयाँ बस्ती विस्तारको धेरै काम गरेका छौं । नगरसभाको अधिकार प्रयोग गरेर जग्गा एकीकरण तथा बस्ती विस्तार ऐन २०७७ बनाएका छौं । हामी नेपालमा धेरैवटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने नगरपालिकामा पर्छौं । यस आयोजनामा अहिलेसम्म २ अर्व रुपैया खर्च गरिसकेका छौं ।
हामीले १७ बर्षदेखि पानी नआइरहेको ठाँउमा पानी पु¥याएका छौं । यस ठाँउहरुमा सातको एक दिन ३ घण्टा भए पनि पानी खसालेका छौं । यहाँ मेलाम्ची आउदा हप्तामा ४ दिन पानी झरेको थियो ।
स्वास्थ्य क्षेत्रमा नेपाल कोरिया अस्पताललाई कोरोनाको समयमा ३ सय बेडसम्म स१चालन ग¥यौं । यो बेला अक्सिजन प्लान्ट,आईसियु,पिसिआर ल्याव,एचडिओ चलाएर स्थानीयको ज्यान जोगायौं । यो काम देखेर कोरियन सरकारले झण्डै १ अर्व ५ करोडको अर्को अस्पताल निर्माणका लागि सहयोग गर्ने भएको छ ।
फोहोरलाई उपयोग गरेर पैसा बनाउने काम तर्फ लागेका छौं । फोहोर फ्याक्ने ठाँउलाई पार्क बनाएर आन्तरिक पर्यटन प्रर्वद्धनको काम गरिरहेका छौं ।


धेरै नगरपालिकाहरु हिलाम्मे र धुलाम्मे देखिन्छन् मध्यपुर ठिमी नगरपालिकाको अवस्था कस्तो छ ?
मध्यपुर ठिमी नगर्पालिका देशकै तेश्रो सानो नगरपालिका हो । साँडे तिन किलोमिटर हिडेपछि नगरपालिकाको सिमाना टुंगिन्छन् । २०७४ सालसम्म खुलिसकेका बाटाहरु हामीले सबै कालोपत्र गरिसकेका छौं । त्यसैले यहाँ हिलाम्मे र धुलाम्मे सडकको समस्या लगभग छैन । पछिल्लो समय जग्गा प्लानिङ गरेर खुलेका बाटोमा केही समस्या छन् होला । हामी सबैभन्दा पहिले ढल राखेपछि मात्रै कालोपत्र गर्छौं । त्यसपछि मात्रै कालोपत्रको योजना अगाडि बढाउछौं ।
यस नगरमा बाटो मिचेर घर बनाउने क्रम कस्तो छ ? मापदण्डविपरितका घर नगरपालिकाले भत्काने गरेको छ ? जनताले मुआव्जा र क्षतिपूर्ति दिनु भएको छ ?
सडक मिच्नेविरुद्ध हामी कठोर भएर लागेका छौं । मापदण्ड पु¥याएर मात्रै घर बनाउन नक्सा पास गर्ने गरेका छौं । त्यसैले सार्वजनिक जग्गा कसैले पनि मिच्ने आँट गर्दैनन् । बाटोमा थिचोमिचो गरे नक्सा पास हुदैन भन्ने कुरा स्थापित भइसकेको छ ।
मापदण्ड लागु हुनुअघिका घरहरु भत्काउनु परेको अवस्थामा हामीले उचित क्षतिपूर्ति दिएर मात्रै भत्काउने गरेका छौं । नगरपालिकाले आफैले दायित्व लिएर भत्काउदा मुआव्जा र क्षतिपूर्ति दिएका छौं । हामीले १ लाख देखि ६८ लाखसम्म मुआव्जा दिइका छौं ।
हामीले सिद्धिकालीमा चार वर्षअघि पहिले १ लाख दिएका थियौं । बोडेको जग्गा लिदा, शंखधर चोकमा २० लाख र अस्पताल आउने सडकमा समस्या भएर ४५ लाख दिएका थियौं । हामीले केन्द्रिय सडक विस्तारका लागि स्थानीयलाई मुआव्जा र क्षतिपूर्ति दिनुपर्छ भनेका छौं । क्षतिपूर्ति र मुआव्जा नदिएसम्म नगरपालिकाले सिमांकनमा सहयोग गर्दैन भनेर सन्देश पठाएका छौं । उहाँहरु अनुगमन गरेर राजी भएर जानु भएको छ ।
हामी बस्तीमा सडक विस्तार गर्नतर्फ लाग्दैनौं । बरु बैकल्पिक सडक विस्तार गछौं । भएको बाटोलाई नै व्यवस्थापन गर्ने हो । बाटो जति फराकिलो भए पनि पुग्दैन । कायम भएको बाटोको मापदण्ड घटाउनेतर्फ पनि हामी लागेका छैनौं । मापदण्ड बढाउनेतर्फ पनि लागेका छैनौं ।
अहिले धेरै गुठीहरु मासिएका छन् । मठ मन्दिरको आयस्था घटेका छन् । यो अवस्थामा यस नगरपालिकामा सम्पदा जगेर्ना गर्ने कस्ता योजना छन् ?
सम्पदा पुर्ननिर्माण गरेर मात्रै हुँदैन । यी सम्पदाहरुलाई दिगो रुपमा जोगाउनु जरुरी छ । नत्र लोभ भएर जानेछ ।
पहिले सम्पदाहरु संरक्षणका लागि गुठीहरु थिए । ति गुठीहरुका जग्गा थिए । ती जग्गाहरु अहिले रैथाने भइसके । गुठीका जग्गा मासेर उपत्यकाको सम्पदा नास्न लागेका भन्ने अहिले पुष्टि भइसकेको छ ।
यी सम्पदालाई दिगो रुपमा जोगाउन हामी सम्पदालाई पर्यटनसँग जोडेर संरक्षण गर्दैछौं । यसका लागि गन्तव्य मध्यपुर ठिमीको नारा ल्याएका छौं । हामी पुराना पोखरी पुर्ननिर्माणपछि ढुंगा सञ्चालन गरेर आम्दानी गर्दैछौं । यहाँका पार्कमा पिकनिक, म्युजिक भिडियो सुटिङबाट पैसा लिने काम भइरहेको छ ।
हामी विस्तारै सम्पदा स्थलमा भ्रमण गर्दा न्युनतम शुल्क लिन थालेका छौं । हामीले ४\५ वटामा यो व्यवस्था गरिसकेका छौं । हामी सफल पनि भइरहेका छौं ।
हामी उठेको रकमको ७० प्रतिशत स्थानीय स्तरमा सरसफाई,रंगरोगन, टुटफुट मर्मत र कर्मचारी व्यवस्थापनमा खर्च गर्ने योजना बनाएका छौं । ३० प्रतिशत रकमनगरपालिकाको खातामा राख्ने र पुर्ननिर्माणको लागि थपे् खर्च गर्ने योजना छ ।
यस नगरमा जग्गा एकीकरण तथा बस्ती विस्तार आयोजनाको काम चाँही कसरी भइरहेको छ ?

पुराना बस्तीहरुलाई पर्यटनसँग जोडेर संरक्षण गर्ने र नयाँ बस्तीलाई व्यवस्थित बस्ती विस्तार गर्ने योजना छ ।
यस नगरमा दिव्यश्वरी, मनहरा,कमेरेटार,सिरुटार र मनहराको अर्को प्याकेज जग्गा एकीकीरण योजना रहेको छ । हामीले ६ थप वटा मनहरा निलबाराही,कुण्डेल हाडडोल,राधेराधे, काँडाडोल बुढाथोकी कोला फाँट र हनुमन्तेलाई पनि बस्ती विस्तार गर्दैछौं । यसरी काम सम्पन्न हुँदा नगरपालिकाको ७० प्रतिशत ठाँउमा बस्ती विस्तार हुन्छ ।
मनहरा ठिमी जस्ता उर्भर जमिनलाई नगरपालिकाले नै बस्ती विस्तारको योजना अघि बढाउदा खेती योग्य जमिनकोको नास हुने र स्थानीय किसान विस्थापित हुने अवस्था आउँदैन र ?
हामीले यी उर्भर जमिन जोगाउन २० वर्ष पर्खिएका छौं । खेती मात्रै गरौं भनेर बस्ने पुस्ता यस अघि धेरै थिए । तर अहिले ५÷१० प्रतिशत मात्रै छन् । जग्गा बेच्छु भन्नेलाई रोकि राख्दा मर्का पर्ने अवस्था देखिएको छ । मनहरा परीतर्फ आनाको ८० लाख १ करोडमा किनबेच भइरहेको छ भने वारी १० लाखमा किनबेच भइरहेको छ । त्यसैले जनताले यो फरकपन देखेका छन् ।
यसो नगर्ने हो भने अव्यवस्थित रुपमा बस्ती विस्तार हुने अवस्था आएको छ । दिव्यवश्वरीमा जग्गा एकीकरण गरेर राख्दा अव्यवस्थित टहरा बनाएर रेस्टुरेण्ट राख्ने प्रवृत्ति देखिएको छ । बर्षको खाती गरेर ५ हजार कमाउनेलाई २५ हजार दिएर भाडामा लिने गरेको देखिएको छ । त्यसैले पनि हामी रोक्न सक्ने अवस्थामा छैनौ । अव बस्ती विस्तारको योजना ल्याउन बाध्य भएका छौं । तर पनि ५ प्रतिशतले कृषिको काम गर्न चाहन्छन् भने हामी कृषि पकेट क्षेत्र घोषणा गछौं ।

मध्यपुरलाई पर्यटकीय क्षेत्र विस्तारका लागि कस्तो बस्ती बनाउने योजना छ ? पुरानो बस्तीलाई उस्तै राख्न नगरपालिकाले के सहुलियत दिन्छ ?
हामी मध्यपुर नगरपालिकाका घरहरु बनाउदा अगाडि पुराना खाले झ्याल कलात्मक राख्न ५० प्रतशत अनुदान दिन्छौं । अगाडि प्लाष्टर गर्न नपाउने नियम छ । परम्परागत घर बनाउदा अनुदान दिन्छौं । नक्सा पास निःशुल्क हुन्छ । हामी सम्पदा संरक्षण्को सन्दर्भमा पाटन, किर्तिपूर र भक्तपुरबाट सिक्दैछौं ।
हामीले स्थानीयलाई बाहिरबाट परम्परागत बनाए पनि भित्र चाही सुविधा सम्पन्न बनाउदा पनि हुन्छ भनेका छौं । सम्पदा भनेको घर मात्रै होइन । बस्तीका बाटोमा बाक्लो ढुंगा छाप्न सुरु गरेका छौं । परम्परागत बस्तीमा सवारी निषेध गर्ने योजना ल्याउदैछौं । बस्तीबाहिर सडक बनाउने योजना छ ।
पर्यटकीय क्षेत्र प्रचार प्रचारका लागि के कस्ता काम भएका छन् ?
हामीले ब्रोसर निकालेका छौं । फोटो बुक छापेका छौं । हाते पुस्तिका अंग्रेजीमा छापेका छौं । पर्यटकीय नक्सा बनाएका छौं । पर्यटन बोर्डमार्फत हामीले प्रचार प्रसार गरिहेका छौं । जिव्रो छेड्ने,सिन्दुर जात्रा, विस्केट जात्रा विश्वकै नमूना जात्रालाई प्रचार गरिरहेका छौं । हामी टुरिष्ट गाइडहरुसँग समन्वय गरेर पर्यटक भित्राउने कार्ययोजना ल्याएका छौं ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरेर एक अर्का गर्दै बाह्य पर्यटक भित्राउने हाम्रो योजना छ ।
यी त भए मुर्त कला र विकाशका योजना । अमुर्त कला संरक्षणको सन्दर्भमा नगरपालिकाले के कस्तो काम गरेको छ ?
हामीले २०७४ सालमै सबै अमुर्त कला सञ्चालन गरेका थियौ । ४५ वर्षदेखि सञ्चालनमा आउन नसकेको लयाकु भैला प्रर्दशनमा ल्यायौं । यो ३ वर्षसम्म निरन्तर चल्यो । तर कोरोनाको बेला भने चलाउन सम्भव भएन । यो नाच ३ दिन ३ रात पुरै नाचिन्छ । यो युवाहरुले अव सञ्चालन गर्न सक्छन् ।
महाकाली, अष्ट मातृका,ज्यापु ज्यापुनी, पुलु किसी अहिले यहाँ चलायउका छन् ।

किजा पुजा नाच र चर्खा प्याख नाच चाही चलाउन सकिएको छैन । किजा पूजा नाच भाई टिकामा सञ्चालन गर्न धेरै कलाकार चाहिने रहेछ । अर्को चर्खा प्याख नाचका लागि गुरुहरु जिवितै हुनुहुन्छ । नाच चलाउन मैले कुराहरु गरिरहेको छु ।
पपरम्परागत वाजा गाजाहरु युवा पुस्तालाई सिकाउन सुरु गरेका छौं । हामी मुर्त कला र अमुर्त कलालाई एक आपसमा जोड्ने योजना ल्याउदै छौं । यसलाई पर्यटनसँग जोड्ने योजना छ । वालकुमारी परिसर र चपाच माटाका भाँडा बनाउने स्थानमा चोकहरुमा व्यवस्थित रुपमा पर्यटन भित्राउन सके मूर्तकला हेर्दै अमुर्त कला प्रर्दशनी गर्ने नेवारी परिकार चखाउने योजना बनाउदै छौं ।
यसका लागि सम्पदा मन भएर युवा परिचालन गर्नेछौं । उहाँहरु लागि रहनु पनि भएको छ ।
जनताको घर दैलोमा कति समय रहनु हुन्छ ?
उपत्यकाका नगरपालिकाका अन्य मेयर भन्दा म आफू फरक स्वभावको मेयर रहेका पाउछु । म कार्यालयमा भन्दा फिल्डमा जान रुचाउछु । आफू प्राविधिक समेत भएको कारण पनि फिल्ड नै रमाइलो लाग्छ । म ३ घण्टा मात्रै कार्यालय बस्छु । म दैनिक जसो फिल्डमा हुन्छु । म अक्सर हिडेरै फिल्डमा पुग्छु । त्यसैले जनप्रतिनिधि भएर जनताको घर दैलोमा आएन भन्ने गुनासो छैन ।
तपाई नगरपालिकामा आउँदा र अहिले नगरपालिकाको बजेटको आकार कति बढेको छ ?
म २०७४ सालमा आउँदा १८ करोडको बजेट थियो । अहिलेको बर्ष हामीले ३ अर्व ३६ करोडको बजेट बनायौं । यो कुनै ऋण लिएर बनाएको बजेट होइन । सबै आन्तरिक श्रोतबाट संकलन राजस्वबाट उठेको बजेट हो ।
आय आर्जनका लागि राजस्वको सन्र्दभमा हामी कुनै सम्झौता गर्दैनौं । बसाई सराईको सबैभन्दा धेरै चाप भएको जिल्ला भक्तपुर हो र यो जिल्लाको मध्यपुर ठिमी त्यो मध्ये धेरै बसाई सराई हुने नगर हो ।
आम्दानी बढाउन व्यावसाय करको दायरमा ल्याएका छौं । त्यसपछि घर टहरा निर्माणको राजस्व संकलन हुन्छ । यो कर उठाउन हामीले इलेक्ट्रोनिक विलिङ सिस्टमबाट कर उठाउछौं । यसमा कसैले दायाबाँया गर्न सक्दैन । हामीले कर पनि १५ रुपैया लगाएका छौं । सबैले सहजै तिरिरहेका छन् ।

नगरपालिकामा ठूलै बजेट परिचलन हुन्छ । यहाँ भष्टाचारका घटना पनि हुन्छन् कि ?
मैले पाँच बर्ष काम गरेको छु । यो अवधिको कामले म यति चाही धक फुकाएर शिर ठाडो पारेर भन्न के चाही सक्छु भने अहिलेसम्म मैले कुनै काममा अनियमितता गरेको छैन । आगामी दिनमा पनि यसरी नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्