Logo

सोमबार उल्कावर्षा, नेपाली आकाशमा वैशाख ९ गते देखिने


४ वैशाख ०७९, काठमाडौं । सोमबारदेखि वीणा उल्कावर्षा हुने भएको छ। वैशाख ५ गते देखि १२ गतेसम्म वीणा उल्कावर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । यो उल्कावर्षा भोलिदेखि हुने भएपनि वैशाख ९ गते राति भने सक्रिय हुनेछ।
वैशाख ९ गते राति नेपाली आकाशमा उल्कावर्षाको रमाइलो दृश्य देख्न सकिने उनले बताएका छन् ।

यो उल्कावर्षालाई अंग्रेजीमा लाइरिड मिटियोर सावर भनिन्छ।

प्रतिक्रिया दिनुहोस्