Logo

अभिनेत्री भुवन थापा र सङ्गीतकार शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान

चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दीर्घ साधना सम्मानबाट पहिलो नायिक भुवन चन्द र सङगीतकार शभ्मूजित बास्कोटालाई नगद रु तीन लाख ५१ हजार एक सय ५१ सहित ताम्रपत्रबाट सम्मान गरे पश्चात सामूहिक तस्वीर खिचाउँदै । लेन्स : प्रदीपरा वन्त\रासस

५ चैत्र ०७८, काठमाडौं । विसं २०७६÷२०७७ को दीर्घ साधना सम्मानबाट क्रमशः अभिनेत्री भुवन थापा र सङ्गीतकार शम्भुजित बाँस्कोटा सम्मानित भएका छन् । उनीहरूलाई नगद तीन लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकीे हुन् ।
राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरेकी थिइन् । सो अवसरमा र परस्कृततर्फ उत्कृष्ट छायाङ्कन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाईं, ‘कबड्डी कबड्डी कबड्डी’ बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड पाएका थिए । आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ लाई पुरस्कृत गरियो ।
प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अङ्कित शर्मालाई प्राप्त भएको थियो । विसं २०७६ मा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले तथा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बनेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्