Logo

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

फाइल तस्बिर

५ वैशाख ०७८,काठमाडौँ ।  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उनलाई ललितपुरकाे किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उनको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी  दिए ।

 

प्रतिक्रिया दिनुहोस्